पाल्पाको रिब्दीकोटमा गठबन्धनबाट अध्यक्षमा कार्की र उपाध्यक्षमा अधिकारी विजयी

262

पाल्पाको रिब्दीकोटमा गठबन्धनबाट अध्यक्षमा कार्की र उपाध्यक्षमा अधिकारी विजयी

पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । रिब्दीकोटमा साविक विजेता एमालेका उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवार अध्यक्षमा माओवादी केन्द्रका नारायणबहादुर कार्की र उपाध्यक्षमा नेपाली काँग्रेसकी कान्ता अधिकारी विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित माओवादी केन्द्रका कार्कीले ५ हजार ७०४ मत प्राप्त गर्दा प्रतिद्वन्दी एमाले उम्मेदवार नारायणबहादुर जिसीले ४ हजार ७२६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा विजयी काँग्रेस उम्मेदवार अधिकारीले ५ हजार ४७९ मत प्राप्त गर्दा एमाले उम्मेदवार लक्ष्मी खनालले ४ हजार ९३६ मत प्राप्त गरेकी छन् । एमाले उम्मेदवार जिसी र खनाल यस अगाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष थिए ।
रिब्दीकोट गाउँपालिकामा वडा नं. १ र ७ बाहेक सबै वडामा गठबन्धनका उम्मेदवारले जित निकालेका छन् । वडा नं. १ को वडा अध्यक्षमा एमालेका चिरञ्जिवी पोखरेल र वडा नं. ७ मा एमाले उम्मेदवार दानबहादुर कुवँर विजयी भएका छन् । १ मा वडा अध्यक्षमा एमालेले जितेपनि बाँकी वडा सदस्य पदमा गठबन्धनका उम्मेदवार जितेका छन् । वडा नं. ७ मा अध्यक्षसहित ३ वटा सदस्यमा एमालेले जितेको छ भने बाँकी एउटा सदस्य पदमा गठबन्धनले जितेको छ ।
वडा नं. २ को वडा अध्यक्षमा ओमप्रसाद पोखरेलसहित गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नं. ३ को वडा अध्यक्षमा गठबनधनबाट काँग्रेसका नाराणबहादुर जिसी सहित सबै पदमा काँग्रेस उम्मेदवार विजयी भएका छन् ।
वडा नं. ४ भैरवस्थानको अध्यक्षमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका शोमकुमार कार्की सहित सबै सदस्यमा गठबन्धनका उम्मेदवारले जितेका छन् । त्यसमा दुई सदस्य काँग्रेस र दुई सदस्य माओवादी केन्द्रले लिएका थिए ।
त्यस्तै वडा नं. ५ मा गठबन्धनबाट काँग्रेस उम्मेदवार मनबहादुर अस्लामी सहित प्यानलै जितेको छ । वडा नं. ६ पोरकनीमा माओवादी केन्द्रका प्रकाश रायमाझी सहित सबै पदमा गठबधनका उम्मेदवार विजयी भएका छन् ।