तिलोत्तमाको मतगणना स्थगित

854

तिलोत्तमाको मतगणना स्थगित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मत गणना कार्य स्थगित गरिएको छ । मतगणनामा खटिएका गणकले मत परिणाम नै फरक पारेपछि त्यसबाट उत्पन्न विवादका कारण मतगणना स्थगित गरिएको हो ।
तिलोत्तमा नगरपालिका वडा नं. १६ को गणनाको क्रममा गणना भएको मतपरिणाम अनुसार नेपाली काँग्रेसको १४१ हुनुपर्नेमा ११४ र नेकपा एमालेको २५९ हुनुपर्नेमा २९६ भएपछि विवाद उत्पन्न भएको हो ।
निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले मंगलबार सूचना प्रकाशित गरेर मतपरिणाम फरक परेको स्वीकार गर्नुभएको छ । उहाँले मतगणनामा खटिएका कर्मचारी र दलका प्रतिनीधिलाई गणना भएको मतपत्रको पछाडी हस्ताक्षर गरेर मात्रै कम्प्युटरमा विवरण प्रविष्ट गर्नेगरी व्यवस्था मिलाईएको सूचनामा उल्लेख गर्नुभएको छ ।