तानसेनको मेयरमा काँग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी सिंजाली विजयी

270

तानसेनको मेयरमा काँग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी सिंजाली विजयी

पाल्पा सदरमुकाम तानसेन नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणनामा गठबन्धनबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका सन्तोषलाल श्रेष्ठ मेयरमा र उपमेयरमा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली विजयी भएका हुन् ।
पाँच दलीय गठबन्धनबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २७३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी एमाले उममेदवार धनेन्द्रराज घिमिरे १० हजार ३९४ मतमा सिमित भए । घिमिरे एमाले पाल्पाका अध्यक्ष हुन् ।
यस्तै उपप्रमुखमा निर्वाचित सिंजालीले ११ हजार १५१ मत प्राप्त गर्दा एमाले उम्मेद्वार शशी श्रेष्ठले १० हजार ३७२ मत प्राप्त गरेकी छन् ।
कुल १४ वटा वडा रहेको तानसेन नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ११ र १२ मा नेपाली कांग्रेस विजयी भएको छ भने एमालेले वडा नं. ८, ९, १० र १४ मा जितेको छ । त्यस्तै वडा नं. १३ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । कुल ३३ हजार ७६९ मतदाता रहेको तानसेनमा २३ हजार २५३ मत खसेको थियो ।