बुटवलमा बाबुराम/खेलराजको वडा : आकलन एकातिर मत अर्कोतिर

1.7K

बुटवलमा बाबुराम/खेलराजको वडा : आकलन एकातिर मत अर्कोतिर

स्याङ्जाको कोटाकोटमा जन्मेहुर्केका, बुटवललाई आफ्नो कर्मथलो बनाएका, बुटवलमा पनि एउटै वडा नं. ६ मा बसोबास छ । तर राजनीतिमा आस्था विचार भने भिन्न । खेलराज पाण्डेय नेपाली काँग्रेसको राजनीति गर्दछन् भने बाबुराम भट्टराई औषधी व्यवसायी हुन् । उनीहरु दुबैजना अहिले बुटवल उपमहानगरपालिकामा मेयर पदमा प्रतिस्पर्धामा छन् ।
वडा नं. ६ को मत गणना हुँदा त्यस वडामा बाबुरामले बढी मत ल्याउँछन् भन्ने आँकलन थियो । एमालेको गढ मानिएको बुटवलको वडा नं. ६ मा काँग्रेस उम्मेदवार खेलराज पाण्डेयले झण्डै दोब्बर बढी मत ल्याए । एमालेले पनि बाबुरामले बढी मत ल्याउँछन् भन्ने अपेक्षा गरेको थियो । भयो ठिक उल्टो ।
अहिले भर्खर उक्त वडाको गणना सकिएको छ । मतपरिणाम अनुसार उक्त वडामा मात्रै बाबुरामको भन्दा ५७९ मतले खेलराज अगाडि छन् । वडा नं. ६ मा औषधी व्यवसायी बढी भएका कारण पनि बाबुरामले बढी मत ल्याउँछन् भन्ने आँकलन गरिएको थियो । वडामा खसेको सबै मत गणना हुँदा खेलराजले १ हजार ३७५ मत प्राप्त गरेभने बाबुरामले ७९७ मत मात्रै प्राप्त गरे । सुरुदेखि नै लिड गरेको खेलराजलाई यो वडामा बाबुरामले लिड गर्ने सबैले आशा गरेका थिए ।
मत गणनाको सुरुदेखि नै अग्रता लिएका खेलराजको पछिल्लो परिणाम अनुसार ११ हजार ९८६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार भट्टराईले ७ हजार ८७९ मत प्राप्त गरेका छन् । उक्त वडाको वडा अध्यक्षमा काँग्रेस उम्मेदवार लोकनाथ पाण्डे सहित गठबन्धनका उम्मेदवारको प्यानल विजयी भएका छन् ।