कञ्चन गाउपालिका अध्यक्षमा काँग्रेसका ढकाल र उपाध्यक्षमा थापा विजयी

264

कञ्चन गाउपालिका अध्यक्षमा काँग्रेसका ढकाल र उपाध्यक्षमा थापा विजयी

रुपन्देहीकाे कञ्चन गाउपालिकाकाे अध्यक्षमा काँग्रेस उम्मेद्वार नवराज ढकाल निर्वाचित भएका छन् । ढकालले एमाले उम्मेद्वार दिनानाथ आचार्यलाई १ हजार १३० मतले पछि पार्दै जीत हासिल गरेका हुन् ।
अध्यक्षमा निर्वाचित ढकालले १० हजार १४१ मत प्राप्त गर्दा एमाले उम्मद्वार आचार्यले ९ हजार ११ मत प्राप्त गरेका थिए ।
१६ स्थानीय तह रहेकाे रुपन्देहीमा कञ्चन गाउपालिका मतगणना सकेकाे पहिलाे पालिका हाे । जसमा काँग्रेसले खाता खाेलेकाे छ ।
त्यस्तै उपाध्यक्षमा माैषमी थापा विजयी भएकी छन् । उपाध्यक्षमा विजयी थापाले १० हजार २८४ मत प्राप्त गर्दा प्रतिद्वन्दी एमाले उम्मेद्वार ओमकली राहादीले ८ हजार ८३९ मत प्राप्त गरिन् ।
कञ्चनकाे वडा नं.१ काे अध्यक्षमा हरिनारायण थारु, २ मा टेक बहादुर गुरुङ, ३ मा टिकाराम सापकोटा, वडा नं. ४ काे अध्यक्षमा केशरबहादुर खत्री, वडा नं. ५ काे अध्यक्षमा कुलप्रसाद पौडेल विजयी भएका छन् ।