रुपन्देहीको सुद्धोधन गाउँपालिका अध्यक्षमा काँग्रेसका बस्याल र उपाध्यक्षमा एमालेकी ज्ञवाली विजयी

240

रुपन्देहीको सुद्धोधन गाउँपालिका अध्यक्षमा काँग्रेसका बस्याल र उपाध्यक्षमा एमालेकी ज्ञवाली विजयी

रुपन्देहीको सुद्धोधन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुप्रसाद बस्याल विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी भएकी छन् । १६ स्थानीय तह रहेको रुपन्देहीमा मतगणना सकिएको यो दोस्रो पालिका हो । यस अगाडी कञ्चनमा परिणाम घोषणा भईसकेको छ ।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित बस्यालले ७ हजार ९८३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी एमालेका किशुनचन्द्र चौधरीले ६ हजार २७० मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा निर्वाचित ज्ञवालीले ६ हजार ६८२ मत प्राप्त गरिने भने भने उनका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट माओवादी उम्मेदवार शारदा भुसालले ३ हजार २५५ मत प्राप्त गरिन् । २०७४ को स्थानीय निर्वाचनमा यो पालिका एमालेले जितेको थियो ।