एमाले हेवीवेट नेताको वडामा काँग्रेसको जीत

1.3K

एमाले हेवीवेट नेताको वडामा काँग्रेसको जीत

एमाले उपाध्यक्ष विष्णु पौडेल र केन्द्रीय सदस्य समेत रहेका बुटवलका मेयर शिवराज सुवेदीको वडामा काँग्रेसले जितेको छ । एमालेको गढ मानिएको उक्त वडा नं. ७ मा भारी मत सहित काँग्रेस उम्मेदवार पदमराज गाहा वडा अध्यक्ष निर्वाचित भए । एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री पौडेल र केन्द्रीय सदस्य समेत रहेका बुटवलका मेयर सुवेदीको बुटवलको वडा नं। ७ हो ।
वडा अध्यक्षमा निर्वाचित गाहाले एमाले उम्मेदवार सीता थापाले भन्दा ८५२ मत बढी ल्याए । वडा अध्यक्षमा विजयी काँग्रेस उम्मेदवार गाहाले २ हजार ३४६ मत प्राप्त गर्दा एमाले उम्मेदवार थापाले १ हजार ४९४ मत प्राप्त गरिन् ।
उक्त वडामा अध्यक्ष सहित चारवटै सदस्यमा काँगेस सहितको गठबन्धनका उम्मेदवारले जित निकालेका छन् । यो वडाबाट मेयरमा खेलराज पाण्डेले २ हजार १७१ मत पाउँदा एमालेका मेयर उम्मेदवार १ हजार ६०४ मत पाएका छन् ।