रुपन्देही सिद्धार्थनगरको मेयरमा काँग्रेसका ईस्तियाक अहमद खान विजयी

1.3K

रुपन्देही सिद्धार्थनगरको मेयरमा काँग्रेसका ईस्तियाक अहमद खान विजयी

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका ईस्तियाक अहमद खान विजयी हुनुभएको छ । खान ९ हजार १३४ मत सहित मेयरमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपाका सागरप्रताप राणाले ८ हजार १३७ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपमेयरमा भने एमालेले जित निकालेको छ । सिद्धार्थनगर नगरपालिकाको उपमेयरमा ८ हजार ८१३ मत सहित एमाले उम्मेदवार उमा अधिकारी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत प्राप्त गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाको वडा नं. १ को वडा अध्यक्षमा जसपाका उज्ज्वल पोखरेल, २ मा राप्रपाका छेदिलाल श्रीवास्तव, ३ मा राप्रपाकै नारायणप्रसाद उपाध्याय, ४ मा राप्रपाका मुक्तिनाथ यादव, ५ मा काँग्रेसका पुसनप्रसाद श्रेष्ठ, ६ मा काँग्रेसकै विरेन्द्रनाथ श्रीवास्तव, ७ मा काँग्रेसका दामोदर शर्मा घिमिरे, ८ मा काँग्रेसका राजनजंग राणा, वडा नं. ९ को अध्यक्षमा एमालेका शेषकान्त भण्डारी, १० मा एमालेका सुर्जमन अहिर, ११ मा एमालेकै दिलिपकुमार यादव, १२ मा एमालेका कुमार गुरुङ र वडा नं. १३ को अध्यक्षमा काँग्रेसका सोमबहादुर गुरुङ विजयी हुनुभएको छ ।