रुपन्देहीको सियारमा काँग्रेसको जित

1.3K

रुपन्देहीको सियारमा काँग्रेसको जित

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ४ वटा वडा नेपाली काँग्रेसले जितेको छ । सियारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस रुपन्देहीका उपसभापति समेत रहेका थानेश्वर घिमिरे र उपाध्यक्ष पदमा पनि काँग्रेस उम्मेदवार तारा थारु विजयी हुनुभएको हो ।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित घिमिरेले १० हजार ४५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका अयोध्या थारुले ७ हजार २६८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्षमा विजयी काँग्रेस उम्मेदवार थारुले ८ हजार ९१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी अमृता गुरुङले ७ हजार २६९ मत प्राप्त गर्नुभएको छ ।
७ वटा वडा रहेको सियारीमा नेपाली काँग्रेसबाट वडा नं. ३ को अध्यक्षमा रामचन्द्र कुर्मी, ४ मा श्रीराम यादव, ५ मा धनपती खरेल र वडा नं. ७ मा दीपकबहादुर शाही विजयी हुनु भएको छ । त्यस्तै एमालेले जितेको वडा नं. २ को अध्यक्षमा जनार्दन यादव र वडा नं. ६ को अध्यक्षमा शेरबहादुर गुरुङ विजयी हुनुभएको छ । वडा नं. १ को अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अरुणकुमार शाही विजयी हुनु भएको छ ।