माेटरसाईकलकाे ठक्करबाट बृद्धकाे मृत्यु

1.3K

माेटरसाईकलकाे ठक्करबाट बृद्धकाे मृत्यु

बुटवलकाे कालिकानगरमा माेटरसाईकलकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । शुक्रबार राती सवा १० बजेकाे समयमा याेगिकुटीबाट बुटवल तर्फ आउदै गरेकाे लु ५४ प ७३०७ नं. काे माेटरसाईकलले सिद्धार्थ राजमार्गकाे कालिकानगरमा बाटाे काट्दै गरेका बुटवल १० कालिकानगरका ७२ वर्षीय पशुपति भट्टराईलाई ठक्कर दिएकाे हाे ।
माेटरसाईकलकाे ठक्करबाट गम्भीर घाईते भट्टराईकाे उपचारकाे लागि अस्पताल पुर्याउदा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।
त्यस्तै माेटरसाईकल चालक बुटवल ४ आदर्शनगरका विरेन थापा पनि घाईते भएका छन् । उनकाे हात, खुट्टा र आखामा चाेट लागेकाे र बुटवलकै चाैराहा अस्पतालमा उपचार भएकाे छ ।
तिब्र गतिमा रहेकाे माेटरसाईकलले जेब्रा क्रसमै ठक्कर दिएकाे स्थानीयले बताएका छन् ।