सैनामैनाको मेयरमा काँग्रेसका फणेन्द्र शर्मा र उपमेयरमा एमालेकी विना राना विजयी

1.3K

सैनामैनाको मेयरमा काँग्रेसका फणेन्द्र शर्मा र उपमेयरमा एमालेकी विना राना विजयी

रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेले जितेको छ । सैनामैनाको मेयरमा पाँच दलीय गठबन्धनको तर्फबाट काँग्रेस नेता फणेन्द्र शर्मा र उपमेयरमा एमालेकी विना राना निर्वाचित हुनु भएको हो ।
मेयर पदमा निर्वाचित शर्माले १५ हजार ६८६ मत प्राप्त गर्दै एमाले उम्मेदवार चित्रबहादुर कार्कीले १५ हजार १०४ मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेरमा निर्वाचित एमाले उम्मेद्वार रानाले १५ हजार ७६२ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर महतले १३ हजार ७२० मत प्राप्त गर्नुभयो ।
११ वटा वडा रहेको सैनामैना नगरपालिकाको वडा नं. १ को अध्यक्षमा भुवनबहादुर क्षेत्री (माओवादी), २ मा अमरबहादुर कडेल (एमाले), ३ मा तमबहादुर पुर्जा (एमाले), ४ मा रामप्रसाद अधिकारी (काँग्रेस), ५ मा धनप्रसाद पौडेल (एमाले), वडा नं. ६ मा गोपाल पोखरेल (काँग्रेस), ७ मा राजकुमार चौधरी काँग्रेस, ८ मा बुद्धिराम चौधरी (एमाले), ९ मा भानुभक्त पाण्डे (एमाले), १० मा कृष्णप्रसाद घिमिरे (एमाले) र वडा नं. ११ को वडा अध्यक्षमा रामप्रसाद भुसाल (एमाले) निर्वाचित हुनु भएको छ ।