तिलोत्तमामा १५२ मतले एमाले अगाडि

1.3K

तिलोत्तमामा १५२ मतले एमाले अगाडि

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा २३ हजार मतगणना हुँदा एमाले १५२ मतले अगाडि छन् । तिलोत्तमाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदका एमाले उम्मेदवार मोहन चापागाइँले ९ हजार ६४ मत प्राप्त गर्दा काँग्रेस उम्मेदवार रामकृष्ण खाँणले ८ हजार ९१२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तिलोत्तमा नगरपालिकामा अहिले वडा नं. ३ र १४ को मतगणना भईरहेको छ । १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा वडा नं. १, २, १५, १६ र १७ को मतगणना सकिएको छ ।
जसमा वडा नं. १ को अध्यक्षमा एमाले उम्मेदवार फर्सुराम गिरी निर्वाचित हुनु भएको छ । वडा नं. २ मा काँग्रेसका डिलबहादुर भट्टराई, वडा नं. १५ मा एमालेका खेमराज गुरुङ, वडा नं. १६ मा काँग्रेसका छविलाल भुसाल र वडा नं. १७ मा पनि काँग्रेसकै दानबहादुर चौधरी निर्वाचित हुनु भएको छ ।