रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्मा र उपप्रमुख विना रानाले पद तथा गोपनीयताको सपथग्रहणसंगै पदभार ग्रहण गर्नुभएको छ ।
नगरप्रमुख शर्माले विहान पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । दिउँसो सैनामैना नगरपालिकामा आयोजना गरिएको पदभार ग्रहण समारोहमा उप्रमुख सहित वडा अध्यक्ष र सदस्यहरुलाई नगरप्रमुख शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो ।
लगत्तै नगर प्रमुख शर्मा र उपप्रमुख रानाले पदभार ग्रहण गर्नुभएको हो । सो कार्यक्रममा निवर्तमान नगरप्रमुख चित्रबहादुर कार्की तथा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, नगरपालिकाका कर्मचारीहरु सहभागि थिए । सैनामैना नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका नेता शर्मा र उपप्रमुखमा एमालेकी राना निर्वाचित हुनु भएको थियो । राना यस अगाडि पनि उपप्रमुख हुनुहुन्थ्यो ।