निर्वाचन आचारसंहिता फुकुवा

1.3K

निर्वाचन आचारसंहिता फुकुवा

स्थानीय तह निर्वाचनको लागि लागु गरिएको निर्वाचन आचारसंहिता फुकुवा भएको छ । स्थानीय तह निर्वाचन २०७९ को लागि गत चैत २५ गतेदेखि लागु भएको निर्वाचन आचारसंहिता मंगलबारदेखि फुकुवा भएको हो । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको र मतगणना समेत अन्तिम चरणमा रहेकाले निर्वाचन आचारसंहिता फुकुवा गर्ने आयोगले निर्णय गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ –‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी भएको निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७८/१२/२५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता मिति २०७९/०२/१० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’