तिलोत्तमाको प्रमुखमा काँग्रेसका खाँणको अग्रता कायमै : उपप्रमुखमा एमालेकी चौधरीको जीत निश्चित

497

तिलोत्तमाको प्रमुखमा काँग्रेसका खाँणको अग्रता कायमै : उपप्रमुखमा एमालेकी चौधरीको जीत निश्चित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाँणको अग्रता कायमै छ । २२ हजार मत गणना सकिँदादेखि अग्रता लिएका खाँणले ५५ हजार १९४ मत गणना सकिँदा ८२५ मतको अग्रता लिनुभएको छ ।
बुधबार साँझ ६ बजे प्राप्त पछिल्लो मत परिणाम अनुसार काँग्रेस उम्मेदवार खाँणले २० हजार ८५४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमाले उम्मेदवार मोहन चापागाइँले २० हजार २९ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा भने एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरीको जीत निश्चित भएको छ । उपमेयर पदमा गन्न बाँकी मत भन्दा पनि मतान्तर बढी छ । उपमेयरमा एमाले उम्मेदवार चौधरीले १९ हजार ६६८ मत प्राप्त गर्दा माओवादी केन्द्रका हेमन्त पाण्डेले ९ हजार ७५७ मत प्राप्त गर्नुभएको छ । अर्थात उपमेयर पदमा ९ हजार ९११ मतान्तरले एमाले उम्मेदवार चौधरी अगाडी हुनुहुन्छ । जवकी अब ९ हजार ५०८ मत गणना गर्न बाँकी छ ।