लियो क्लव अफ बुटवल मेट्रोसिटीमा भण्डारी

270

लियो क्लव अफ बुटवल मेट्रोसिटीमा भण्डारी

लियो क्लब अफ बुटवल मेट्रोसिटीको अध्यक्षमा मित्रजन भण्डारी निर्वाचित हुनुभएको छ । लियो वर्ष २०२२/२३ को लागि अध्यक्ष पदमा भण्डारी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचत आयुक्त मनोज गौतमले जानकारी गराउनु भयो ।
क्लबको बार्षिक बैठकले नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा सञ्जिव सुनार, द्वितीय उपाध्यक्षमा सागर आचार्य, तृतीय उपाध्यक्षमा दिवस खनाललाई चयन गरिएको छ । त्यस्तै क्लव सचिवमा पुनम कुवँर र कोषाध्यक्षमा लोकेश गिरीलाई नवनिर्वाचित अध्यक्ष भण्डारीले मनोनित गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लव अफ मेट्रोसिटीका अध्यक्ष बिनोद सुवेदी, नवराज पौडेल, बिकास भन्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम २०२१/०२२ का अध्यक्ष दिपेन्द्र पौडेलको अध्यक्षतामा भएको थियो ।