आगामी वर्षको लागि आज बजेट आउँदै : बजेटबारे निर्णय लिन मन्त्रीपरिषद बैठक बस्दै

192

आगामी वर्षको लागि आज बजेट आउँदै : बजेटबारे निर्णय लिन मन्त्रीपरिषद बैठक बस्दै

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेर सार्वजनिक गर्दै छ । १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज आईतबार अपरान्ह ४ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट (आयव्यय) सार्वजनिक गर्नुहुनेछ ।
आगामी आर्थिक वर्षको लागि १७ खर्ब ४५ अर्ब भन्दा ठूलो आकारमा बजेट आउने बताइएको छ । बजेटमा ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब–भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम समेटिएको बताईएको छ ।
महँगी बढ्दै गएकाले तलब पनि बढाउनु पर्ने कर्मचारीहरुको माग छ । तर देश आर्थिक संकटबाट गुज्रिरहेकाले सरकार दबाबमा छ । त्यस्तै सामाजिक सुरक्षा तर्फ बृद्धभत्ता पाउने उमेर घाटाएर ६८ वर्ष बनाउने तयारी गरिएको छ ।
बजेटबाट निर्णय लिनको लागि अहिले मन्त्रीपरिषदको बैठक बसेको छ ।