सम्पर्कविहिन विमानको खोजी तिब्र बनाउन गृहमन्त्री खाँणको निर्देशन

1.3K

सम्पर्कविहिन विमानको खोजी तिब्र बनाउन गृहमन्त्री खाँणको निर्देशन

सम्पर्क विहिन भएको विमानको खोजी तिब्र पार्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन गर्नुभएको छ । गृहमन्त्री खाँणले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरेर खोजी कार्यलाई तिब्र बनाउन निर्देशन गर्नुभएको हो ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ९ एन–एईटी कलसाईनको जहाज बिहान १० बजेपछि लेते क्षेत्रबाट सम्पर्क विहिन भएको थियो । जहाजमा १६ जना नेपाली र २ विदेशी सहित ६ जना भारतीय नागरिक थिए ।
सम्पर्क विहिन जहाजको खोजीका लागि २ वटा नीजि कम्पनी र एउटा नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । त्यस्तै स्थलमार्गबाट पनि खोजी भईरहेको छ ।
नागरिक उड्डयन प्राधिकरणले मुस्ताङको टिटी लेक वरपर खोजी केन्द्रित गरेको छ । क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्याक गर्दा लेते आसपासमा लोकेशन पत्ता लागेकाले त्यस क्षेत्रमा खोजी केन्द्रित गरिएको हो ।