सवारी चालक अनुमति पत्रका लागि लिईएका सबै आवेदन रद्द

279

सवारी चालक अनुमति पत्रका लागि लिईएका सबै आवेदन रद्द

सवारी चालक अनुमति पत्रका लागि लिईएका अनलाईन आवेदन रद्ध गरिएको छ । यातायात व्यवस्था विभागले नयाँ अनलाईन प्रणाली सुरु गर्न भन्दै अहिलेसम्म लिएका नयाँ तथा वर्ग थप गर्नको लागि हालसम्म लिएका सबै अनलाईन आवेदन रद्द गरेको हो ।
विभागका अनुसार सवारी चालक अनुमति पत्र लिनको लागि अब applydl.dotm.gov.np वेबसाईट लगईन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाईसेन्सका सोमबार (आज) साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ । वर्ग थपका लागि भने अर्को साताको सोमबारदेखि आवेदन खुल्ला हुने विभागले जनाएको छ ।