रुपन्देहीका ट्रक व्यवसायीहरु आन्दोलित : शुक्रबारेदेखि ट्रक नचलाउने

223

रुपन्देहीका ट्रक व्यवसायीहरु आन्दोलित : शुक्रबारेदेखि ट्रक नचलाउने

सरकारले तोकेको भारडादर नपाएको भन्दै ट्रक व्यवसायी आन्दोलनमा उत्रिएका छन् । ट्रक व्यवसायीहरुले सरकारले तोकेको भारडादर कार्यान्वयन गराउन सम्बन्धित पक्षलाई दवाव दिनको लागि आगामी सुक्रबारदेखि ट्रक नचलाउने निर्णय गरेका हुन् ।
लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरुको उक्त निर्णयलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले ऐक्यवद्धता जनाएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले मंगलबार आयोजना गरेको व्यवसायी भेलामा बोल्ने व्यवसायीहरुले सरकारले तोकेको भन्दा कम भाडा ल्याएर चलाउने ट्रक व्यवसायीलाई कारवाही गर्न समितिलाई सुझाव दिएका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले सरकारले तोकेको भाडा नपाउंदासम्म समितिमा दर्ता भएका कुनै पनि ट्रकहरु नचल्ने र तोकेको भडा पाएमा गाडिहरु सहज रुपमा चल्ने बताउनु भयो । त्यस्तै सरकारले तोकेको भाडा नदिइ ट्रक चलाउने ट्रासपोर्टहरुलाई कारवाही गरिने ढुवानी व्यवसायी संघ बुटवलका अध्यक्ष श्याम हमालले चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय सदस्य बिरेन्द्र यादव, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष गुप्तबहादुर केसी, गणेश पन्त, व्यवसायी कृष्ण खड्का, गेहेन्द्र न्यौपाने, गोकुल शर्मा समितिका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की महासचिव हरि प्रसाद कंडेल लगायतले उद्योगहरु र ट्रान्सपोर्ट व्यवसायीका कारण सरकारले तोकेको भाडा दर नपाउंदा व्यवसाय संकटमा परेपछि आन्दोलनमा उत्रिनुपरेको बताउनु भएको थियो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति मातहत २ हजार बढी ट्रकहरु सञ्चालनमा छन् । सरकारले जेठ २ गते देखि लागु गरेको भाडा दर अनुसार भैरहवादेखि काठमाडौं र पोखराका लागि ३१ हजार ५८० रुपैया छ ।