रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको तेस्रो क्लव एसेम्ब्ली

1.3K

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको तेस्रो क्लव एसेम्ब्ली

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा तेस्रो क्लव एसेम्ब्ली सम्पन्न भएको छ । एसाईन एसिस्टेन्ट गभर्नर (एजी) देवी गुरुङ्को आतिथ्यतामा भएको कार्यक्रममा क्लवका विषयगत उपसमितिहरुले क्लवले वर्षभरी गरेका कार्यक्रम, त्यसले पारेको प्रभाव र बाँकी योजनाका बारेमा विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै एजी गुरुङले समग्रमा क्लवले धेरै राम्रा कार्यक्रम गरेको र आउदा दिनमा पनि अझै रचनात्मक कार्यक्रम गर्न सुझाव दिनुभयो । उहाँले क्लवले गरेका कार्यक्रमहरु सुरु देखि नै आफूले नियालेको बताउँदै डिष्ट्रिकमा पनि सोही अनुसार रिपोर्टिङ गरेको जानकारी गराउनु भयो ।
क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाईले क्लवले सञ्चालन गरेका कार्यक्रम त्यस समुदायको आधारभूत आवश्यकताको आधारमा गरिएको बताउँदै त्यसले पारेको सकारात्मक प्रभावले आफूलाई खुसी बनाएको र क्लवको साखलाई पनि माथि उठाएको विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा क्लवका पूर्वअध्यक्षहरु बालकृष्ण अर्याल, नविन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । क्लवका सचिव निराजन पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा क्लवका एड्मिष्ट्रेसन कमिटी चियर टिकाराम पाण्डे, मेम्बरशिल चियर केशवबहादुर कुवँर, पब्लिक रिलेशन चियर भगवती घिमिरे (अर्याल), सर्भिस प्रोजेक्ट चियर शंकर पाण्डेले आ–आफ्नो उपसमितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै द रोटरी फाउण्डर चियर सरोज पन्तले तयार गरेको प्रतिवेदन राजु चौधरीले प्रस्तुत गर्नुभएको थियो ।