आईतबारको सार्वजनिक विदा खारेज : असार १ देखि शनिबार मात्रै सार्वजनिक विदा

127

आईतबारको सार्वजनिक विदा खारेज : असार १ देखि शनिबार मात्रै सार्वजनिक विदा

सरकारले आईतबारको सार्वजनिक विदा खारेज गरेको छ । यहि जेठ १ गतेदेखि सुरु गरिएको शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णयबाट सरकार पछि हटेको हो ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सेवा प्रवाहमा प्रभाव गरेको भन्दै असार १ देखि आईतबार दिँदै आएको सार्वजनिक विदा नदिने निर्णय गरेको हो । अब असार १ गतेदेखि सातामा शनिबार मात्रै एक दिन सार्वजनिक विदा हुने भएको छ ।
पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै गत बैशाख २६ गते बसेको मन्त्रीपरिषद बैठकले परीक्षणको रुपमा सातामा शनिबार र आईतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसै अनुसार जेठ १ गतेदेखि शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।