मनसुन भित्रियो : देशभर फैलिन केहीदिन लाग्ने

1.3K

मनसुन भित्रियो : देशभर फैलिन केहीदिन लाग्ने

नेपालमा एक साता चाडोगरी मनसुन भित्रिएपनि देशभर फैलिन केही दिन लाग्ने भएको छ । एकसाता चाडो गरी नेपालमा पूर्वी भूभागबाट यो वर्षको मनसुनी प्रणाली भित्रिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । नेपालमा यो वर्षको मनसुनी प्रणाली एक साता चाडो जुन ५ (जेठ २२) मै पूर्वी भूभागवाट प्रवेश गरेको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस वर्षको मनसुन प्रणाली सोमबार साँझ नेपालको प्रदेश १ मा आगमन भएको हो । देशका अन्य भू–भागमा भने केही दिन पछि मनसुन फैलिने अनुमान गरिएको छ । नेपालमा जुन १३ देखि सेप्टेम्बर १३ सम्मको ४ महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ । यो अवधिमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा हुने गर्दछ । यो वर्ष सरदर भन्दा बढी बर्षा हुने पूर्वानुमान गरिएको छ ।
सामान्यतया सरदर वर्षा भन्नालले स्थान विशेषको लामो समय (करिव ३० वर्ष)को औषत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशत देखि ११० प्रतिशत सम्म वर्षालाई सामान्य मानिन्छ भने त्यो भन्दा कम वा बढी भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।