नवनिर्वाचित पालिका प्रमुखहरुसंग नेपाल पत्रकार महासंघ रुपन्देहीको अन्तरसंवाद

90

नवनिर्वाचित पालिका प्रमुखहरुसंग नेपाल पत्रकार महासंघ रुपन्देहीको अन्तरसंवाद

नेपाल पत्रकार महासंघ रुपन्देहीले नवनिर्वाचित पालिका प्रमुखहरुसंग सञ्चार र स्थानीय तहको अन्तरसम्बन्ध विषयक अन्तरसम्बाद कार्यक्रम मंगलबार बुुटवलमा गरेको छ । उक्त अवसरमा जनप्रतिनिधिहरुले सञ्चारमैत्री भएर आफूहरुले सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन भने सञ्चारकर्मीहरुले पालिकाहरुले मिडियाको भूूमिकालाई सहि रुपमा बुुझ्न र निति बनाउन सुुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सञ्चार माध्यम र पत्रकारहरुसंग आवश्यक समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक जग्गा निकै कम रहेको बताउँदै सञ्चारक्षेत्रको बिकासमा संगसंगै हिड्ने बताउनु भयो । हप्तामा एक दिन पत्रकारहरु संग बसेर आवश्यक छलफल गर्ने उहाँको भनाई छ ।
नगरप्रमुख पाण्डेले आफू निर्वाचित भएसंगै पहिलो बैठकबाट नै चौराहा – चिडियाखोला सडक मर्मतको काम गरेको बताउनु भयो । उहाँले अब बर्षाको समय आउन लागेकोले यसको जोखिम ब्यवस्थापनको काममा लागेको बताउनु भयो । निर्वाचन सकिएको १५ दिनमा घरदैलो र सम्मानमा गएको बताउदै यो जनचासोअनुरुप गरेको बताउनु भयो ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा मर्यादित बनाउन पत्रकारको भुमिका निकै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले राम्रो काम गर्ने र गलत गर्दा तोकेर समाचार लेख्न समेत आग्रह गर्नुभयो । उहाँले पत्रकार र जनप्रतिनिधि बिचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताउदै सम्बन्ध बलियो भएमा समृद्धि आउने बताउनु भयो ।
उहाँले निर्वाचनमा कुनै पार्टिबाट जितेपनी अब सबै जनप्रतिनिधि साझा बन्नु बताउनु भयो । उहाँले जबाफदेहिता सहित काम गर्नुपर्ने र पत्रकार महासंघको समन्वयमा नै सुझाब लिएर अगाढि बढ्ने बताउनु भयो ।
शुुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बस्यालले मिडिया र सञ्चारले स्थानिय तह र जनप्रतिनिधिलाई आवश्यक स्थान दिन आग्रह गर्दै स्थानीय तह सुधार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आफू मिडिया मैत्री बनेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उहाँले समय समयमा सुझाब दिन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूूर्वा अध्यक्ष एव सल्लाहकार डा. बालकृष्ण चापागाईंले निर्वाचनमा फरक फरक पार्टीबाट जितेपनि समान सहभागिता हुने गरि काम गर्न सुझाब दिनुभयो । उहाँले स्थानीय मिडिया र पत्रकारको क्षमताले पालिकाको पहिचान दिने बताउदै क्षमता अभिबृद्धीमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले मिडियालाई सहयोग गर्ने कुरामा दुबिधा रहेको बताउदै सस्थागत माध्यमलाई सहयोग गरेमा सञ्चार क्षेत्र बलियो हुने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष एंव सल्लाहकार विनोद पहाडीले समान सहभागीतालाई ध्यानमा दिन आग्रह गर्नुभयो । उहाँले प्रेस बोर्ड गठन गरेर सञ्चार क्षेत्रसँग सहकार्य गर्न सकिने भनाई राख्नुभयो । पत्रकारले स्थानीय जनप्रतिनिधिलाई सहयोग गरेजस्तै जनप्रतिनिधिले पनि सहकार्य गर्न तयार रहनुपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एव सल्लाहकार यानेन्द्र जिसीले जनप्रतिनिधिहरु कार्यक्रममा अनुपस्थित हुने शैली मिडिया मैत्री नभएको बताउनु भयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईले स्थानीय तहका जनप्रतिनिधिहरुलाई मिडियामैत्री र जवाफदेही बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बरिष्ठ पत्रकार माधव नेपालले रुपन्देहीका सञ्चार माध्यमको अवस्थाको बारेमा जानकारी दिदै पालिकाले गर्नुपर्ने कामको बारेमा औंल्याउनु भएको थियो । उहाँले सूचनामा सहज पहुँच, समानुपातिक लोककल्याणकारी विज्ञापन वितरण, जनसहभागिता लगायतका बारेमा सुझाब दिनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्थानीय तहले पत्रकार र सञ्चार माध्यमको अवस्थाको बारेमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले रुपन्देहीका स्थानीय तहले पत्रकारहरुको प्रवद्र्धनमा हुनुपर्ने काम सोचे अनुरुप हुन नसकेको बताउनु भयो । स्थानीय तहहरुले यहाँका पत्रकारको विषयमा चासो देखाउनुपर्ने बताउँदै पत्रकारितामा बुटवललाई मोफसलको राजधानी भनेर भन्ने गरिएको बताउदै पत्रकारको क्षमता वृद्धिगर्नमा ध्यान दिन आग्रह गर्नुभयो ।