आज लुम्बिनीको बजेट आउँदै : संसद अवरोध गर्ने एमालेको संकेत

16

आज लुम्बिनीको बजेट आउँदै : संसद अवरोध गर्ने एमालेको संकेत

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि आज बजेट ल्याउँदै छ । आज (बुधबार) बस्ने प्रदेश सभा बैठकमा सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/०८० को बजेट गर्नुहुने छ । आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
यद्यपी विपक्षी एमालेले भन्ने आजको प्रदेश सभा बैठकलाई अवरोध गर्ने संकेत गरेको छ । प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीको घटनालाई लिएर संसदमा अवरोध गर्ने एमालेले संकेत गरेपनि निर्णय भने भईसकेको छैन ।
एमालेले राज्यमन्त्री विमलाले तत्काल राजीनामा गर्ने सर्त अगाडि सारेको छ । एमाले लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालका अनुसार राज्यमन्त्री जस्तो पदमा रहेको व्यक्तिले श्रीमान खोई भन्दै एउटी महिलामाथि हातपातमा उत्रिनुले विमलाको नैतिकतामाथि प्रश्न उत्पन्न भएको छ । उहाँले राज्यमन्त्री वलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताउनु भएको छ ।
मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की २७ वर्षीया मीना भण्डारी बस्तेत र उनकी छोरीमाथी हातपात गरेपछि प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याईएको छ । विमलाकी प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमति मीनालाई कुटपित गरेको आरोप लागेकी राज्यमन्त्री वलीलाई मंगलबार राती नै बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालका अनुसार राज्यमन्त्री वलीलाई राती करिव १ बजेको समयमा अस्पतालमा ल्याईएको थियो । यद्यपी घटनाका बारेमा सुक्ष्म अध्ययन भईरहेको प्रहरीले जनाएको छ ।
तत्कालिन एमाले नेतृत्वका सरकार अल्पमतमा पर्नुमा एउटा निर्णायक पात्र विमला पनि हो । एमालेबाट निर्वाचित उत्तरकुमार वलीको सवारी दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचिनमा तत्कालिन माओवादी केन्द्रबाट उत्तरकी श्रीमती विमला प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
तर एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई सर्बोच्चले पुरानै अवस्थामा पु¥याईदिएपछि सांसद विमलाले माओवादी केन्द्र रोज्नुभएको थियो । एमालेले एक महिना अघिसम्म सूर्य चुनाव चिन्हबाट निर्वाचन लडेर पार्टी निर्णय विपरीत माओवादीमा गएको भन्दै विमलालाई कारबाहीको माग गर्दै प्रदेशसभा अवरुद्ध गर्दै आएको थियो ।