राज्यमन्त्री वलीको घटना छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन

1.3K

राज्यमन्त्री वलीको घटना छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीको घटनाको विषयमा छानविन गर्न लुम्बिनी प्रदेश सरकारले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजक रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।
उक्त छानविन समितिको सदस्यहरुमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहनु भएको छ । घटनाको सत्यतथ्य छानविन गरि १५ दिन भित्र प्रतिवेदन पेस गर्ने सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माले जानकारी गराउनु भयो ।
लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उहाँकी छोरीमाथि हातपात गरेको आरोप लागेको छ ।