गुल्मीको छत्रकोटमा डोजर दुर्घटनामा निधन भएका चालक स्व.यज्ञ वलीको परिवारलाई पल्लीकोटवासीले आर्थिक सहयोग गरेका छन् । एक दशक भन्दा बढी समय गुल्मीको पल्लीकोटको विकास निर्माणमा सक्रिय रहदै आएका चालक वलीको गत हप्ता गुल्मीको छत्रकोट–२, पल्लीकोटको रातापानीमा डोजर पल्टिएर निधन भएको थियो ।
सामाजिक संजाल मार्फत चालक वलीको परिवारलाई आर्थिक सहयोग जुटाइएको हो । स्व वलीका १८ महिने छोरा यमन वली मुटुको समस्याको उपचारार्थ एक लाख १६ हजार सहयोग जुटाइएको छ । देश, विदेशमा रहेका अधिकांश पल्लीकोटवासीले आर्थिक सहयोग जुटाउन सहयोग गरेको सामाजिक क्रियाकलापमा सक्रिय राजु रजालीले जानकारी गराउनुभयो ।

सहयोग रकम चालक ओलीको निवास दाङ जिल्लाको शान्तिनगर गाउंपालिका वडा नं. १ खिलतपुरमा पुगेर छत्रकोट–२, पल्लीकोटका निवर्तमान वडा अध्यक्ष रुक बहादुर रास्कोटीले हस्तान्तरण गर्नुभयो । चालक ओलीका वुवा देब बहादुर वलीलाई सहयोग रकम हस्तान्तरण गर्दै निवर्तमान वडा अध्यक्ष रास्कोटीले पल्लीकोटको विकास निर्माणमा सहयोग पु¥याउने मिलनसार र दक्ष चालकको निधन भएपनि सधै मन मुटुमा रहने उल्लेख गर्नुभयो । स्व. चालक वलीका एक श्रीमती, एक छोरा र छोरी रहेका छन् ।