अन्तर्राष्ट्रिय योग दिवसमा योग अभ्यास

38

अन्तर्राष्ट्रिय योग दिवसमा योग अभ्यास

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार बुटवलमा योग अभ्यास गरिएको छ । आर्ट अफ लिभिङको आयोजनामा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको योग अभ्यासमा प्रहरी सहित ८ सय बढी सहभागि रहेका थिए ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
योग अभ्यासको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले योगका माध्यमबाट मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सन्तुलित बनाउन सकिने भएकाले योगको विकास र प्रवद्र्धनमा जोड दिनुभयो ।
मंगलबार बिहान आयोजना गरिएको योग अभ्यासमा आर्ट अफ लिभिङका रुपन्देही जिल्ला समन्वय समिति सदस्य, योग प्रशिक्षक विन्ध्याकेशर जोशी, प्रशिक्षक भारती जोशी, सुनौला विहानीका अनन्य थैव लगायतले योग प्रशिक्षण गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक सुरेन्द्रप्रसाद मैनालीले योगका माध्यमबाट मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य सबै कुराको तन्दुरुस्ती प्राप्त गर्नको लागि योगको प्रवद्र्धनको लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष योगका प्रवद्र्धक उज्ज्वलप्रसाद कसजू, संघका महासचिव विमलराज भट्टराई लगायतले योगका माध्यमबाट मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका योगको प्रवद्र्धन अपरिहार्य रहेको भनाई राख्नुभएको थियो ।