सञ्चालित योजना असार १५ भित्रै सम्पन्न गर्न नगरपालिकाको निर्देशन

313

सञ्चालित योजना असार १५ भित्रै सम्पन्न गर्न नगरपालिकाको निर्देशन

बुटवल उपमहानगरपालिकाले वडा स्तरमा सञ्चालित योजनाहरु असार १५ भित्रै सम्पन्न गर्न निर्देशन गरेको छ । बुटवल उपमहानगरपालिका नगर कार्यपालिका बैठकले सम्पन्न नभएका योजनाहरुको म्याद थप नगर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले विषयगत समितिहरुलाई पनि पूर्णता दिएको छ । त्यस्तै मुद्धामामिला पुर्पक्षका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने पनि निर्णय गरिएको प्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।
सोही बैठकले बुटवल उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रानालाई प्रवक्तामा रानालाई तोकेको थियो ।