लायन्स क्लव अफ बुटवलको स्थापना दिवसमा संस्थापकहरुलाई सम्मान

80

लायन्स क्लव अफ बुटवलको स्थापना दिवसमा संस्थापकहरुलाई सम्मान

लायन्स क्लव अफ बुटवलको स्थापना दिवसमा क्लवका संस्थापकहरुलाई सम्मान गरिएको छ । क्लवले सोमबार साँझ बुटवलमा ४० औं चाटर्ड नाईट तथा अवार्ड सेरेमोनी (कार्यक्रम) आयोजना गरि संस्थापक सचिव जीवनप्रसाद वझा, संस्थापक कोषाध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ तथा संस्थापक सदस्य निर्मलप्रसाद लाकौललाई सम्मान गरिएको हो । उहाँहरुलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, लायन्सका सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर नवराज न्यौपाले, क्लवका अध्यक्ष लोकप्रसाद खरेलले खादा तथा माला लगाएर सम्मान गर्नुभएको हो ।
त्यस्तै क्लवले गर्ने कार्यक्रमहरुमा योगदान गरेकाहरुलाई विभिन्न अवार्ड सहित सम्मान गरिएको छ । त्यसै अवसरमा बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेय तथा वडा अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमख पाण्डेयले सामाजिक सेवाका कार्यक्रम सञ्चालन गरेको क्लवले अव बुटवल विकासको खाका बनाउन पनि आग्रह गर्नुभयो । ‘बुटवलबाट व्यापार व्यवसाय विस्तापित भईरहेको छ ।’ उहाँले भन्नुभयो–‘यहाँको व्यापार व्यवसायलाई चलायमान बनाईराख्न के गर्न सकिन्छ ?, भोलीको बुटवल कस्तो बनाउने हो ?, यो कुरामा तपाईहरुको पनि योगदान होस् ।’
उहाँले बुटवलमा क्यान्स र मुटु अस्पतालको परिकल्पना गरिएको बताउँदै नगरप्रमुख पाण्डेयले भन्नुभयो–‘असहाय, असक्त र घरबारविहिन सडक मानवको सेवामा के गर्न सकिन्छ ?, असहाय, असक्त र घरबारविहिनहरुको लागि सहयोगी भूमिका र सम्पन्नहरुको लागि सम्मानको भूमिका निर्वाह गर्न चाहन्छौं ।’ यसलाई कुन मोडलमा अगाडि बढाउन सकिन्छ ? त्यसको खाका बनाएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
त्यस अवसरमा बोल्दै क्लवका अध्यक्ष लोकप्रसाद खरेलले ४० वर्ष अगागि खुलेको क्लवले बुटवलका आँखा अस्पताल सञ्चालन गरेको र आँखा अस्पतालका माध्यमबाट यस क्षेत्रको आँखा स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेको स्मरण गर्नुभयो । उहाँले त्यसबाहेक क्लवले वर्षेनी सामाजिक सेवाका लागि उल्लेखनीय कार्यक्रम गर्दै आएको पनि जानकारी गराउनु भयो । अध्यक्ष खरेलले मेयर पाण्डेयले गरेको प्रस्ताव अनुसार क्लवका माध्यमबाट के गर्न सकिन्छ क्लवमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ बि २ का सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, प्रस्तावित डिष्ट्रिक ३२५ पि का ईलेक्ट फस्ट भाईस डिष्ट्रक गभर्नर अर्जुनमान सैंजु, सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, क्लवका पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, पूर्व अध्यक्ष तथा लायन्स आँखा अस्पताल बुटवलका अध्यक्ष रामेश्वर श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम शरदमान श्रेष्ठको संयोजन तथा सचिव प्रदिप शाक्यको सञ्चालनमा भएको थियो ।