रोजगारी र श्रमिक सम्बन्धी आधारभूत न्यूनतम मापदण्ड (श्रम ऐन २०७४)

1.3K

रोजगारी र श्रमिक सम्बन्धी आधारभूत न्यूनतम मापदण्ड (श्रम ऐन २०७४)

बिमलराज भट्टराई /

एक परिचय
प्रारम्भिक यो ऐन श्रमिक र श्रमिकसँग सम्बन्धित विषयमा न्यूनतम् मापदण्डको रूपमा रहनेछ ।  यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित पारिश्रमिक वा सुविधा भन्दा कम पारिश्रमिक वा सुविधा लिने दिने गरी वा यस ऐनमा उल्लिखित शर्त विपरीत हुने गरी रोजगारदाता तथा श्रमिकबीच रोजगार सम्झौता भएको रहेछ भने त्यस्तो रोजगार सम्झौता यो ऐन विपरित भएको मानिनेछ र सो हदसम्म त्यस्तो रोजगार सम्झौता बदर हुनेछ ।
* बांधा श्रममा लगाउन नहुने:
(१) कुनै श्रमिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वाँधा श्रममा लगाउन हुँदैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि श्रमिकले गरेको देहायको काम वा सेवालाई बाँधा श्रम मानिने छैन :-
(क) राष्ट्रलाई आवश्यक परेका बखत नागरिकको कर्तव्य अन्तर्गत गर्नु पर्ने काम या सेवा (ख) अदालतबाट भएको निर्णय वा आदेश बमोजिमको सजाय बापत गर्नु पर्ने काम या सेवा, (ग) समुदायको हितको लागि त्यस्तो समुदायको सदस्यको हैसियतले गर्नु पर्ने काम
वा सेवा । स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “बाँधा श्रम” भन्नाले कुनै श्रमिकलाई कुनै काम वा सेवा नगरेमा कुनै किसिमको आर्थिक, शारीरिक वा मानसिक रूपमा कारबाही गर्ने डर त्रास देखाई निजको इच्छा विपरीत कुनै काम वा सेवा गराउने कार्य सम्झनु पर्छ ।
बालबालिकालाई काममा लगाउन नहुने: कसैले पनि बालबालिकालाई कानून विपरित हुने गरी कुनै काममा लगाउनु हुँदैन ।
६. भेदभाव गर्न नहुने::
(१) रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिङ्ग, जात जाति, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा अन्य त्यस्तै आधार मध्ये कुनै कुराको आधारमा भेदभाव गर्न पाइने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कार्यलाई भेदभाव गरेको मानिने छैन- (क) काम वा सेवाको अन्तर्निहित आवश्यकताको आधारमा कुनै व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिने,
(ख) गर्भवती श्रमिकलाई पारिश्रमिक र सुविधामा कटौती नगरी निजको शारीरिक अवस्था अनुसार सहज र उपयुक्त काम वा सेवामा लगाउने वा (ग) शारीरिक अपांगता भएको श्रमिकलाई निजको शारीरिक अवस्था अनुकूलको कार्य जिम्मेवारी प्राथमिकता दिने ७. समान कामको लागि पारिश्रमिकमा भेदभाव गर्न नहुने : (१) लिङ्गको आधारमा श्रमिकबीच समान मूल्यको काम (इक्वयल भ्यालु अफ वर्कको लागि पारिश्रमिकमा भेदभाव गर्न हुँदैन ।(२) उपदफा (१) को प्रयोजनको लागि समान मूल्यको काम हो होइन भन्ने कुरा सम्बन्धित कामको प्रकृति काम गर्न लाग्ने समय र परिश्रम, सीप तथा कामबाट प्राप्त हुने उत्पादनको आधारमा निर्धारण गरिनेछ ।
८. ट्रेड युनियन सम्बन्धी अधिकार:
(१) यस ऐन तथा अन्य कानूनको अधीनमा रही प्रत्येक श्रमिकलाई ट्रेड युनियन गठन गर्ने, सञ्चालन गर्ने, त्यस्तो युनियनको सदस्यता लिने वा सो युनियनमा आवद्ध हुने वा ट्रेड युनियन सम्बन्धी अन्य गतिविधिमा संलग्न हुने अधिकार हुनेछ ।
(२) श्रमिकले यो ऐन तथा अन्य कानून बमोजिम श्रम सम्बन्धी अधिकारको प्रयोग गर्दा
रोजगारदाताप्रति कर्तव्यनिष्ठ र जिम्मेवार हुनु पर्नेछ ।
९. उपचार प्राप्त गर्न सक्ने :
यस ऐन तथा अन्य कानून बमोजिम श्रमिकलाई प्रदत्त कुनै अधिकारको हनन् भएमा त्यस्तो श्रमिकले यो ऐन तथा अन्य कानून बमोजिम उपचार प्राप्त गर्न सक्नेछ ।
रोजगारी सम्बन्धी व्यवस्था
१०. रोजगारीका प्रकार :
(१) रोजगारदाताले श्रमिकलाई देहायको कुनै प्रकारको रोजगारीमा लगाउन सक्नेछ :-
(क) नियमित रोजगारी,
(ख) कार्यगत रोजगारी,
(ग) समयगत रोजगारी,
(घ) आकस्मिक रोजगारी,
(ङ) आंशिक रोजगारी ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि,-
(१) नियमित रोजगारी” भन्नाले खण्ड (ख), (ग) र (घ) मा उल्लिखित रोजगारी बाहेक अन्य जुनसुकै प्रकारको रोजगारी सम्झनु पर्छ । (२) “कार्यगत रोजगारी भन्नाले रोजगारदाताले कुनै खास काम वा सेवासो सम्पन्न गर्न तोकेर दिने वा दिएको रोजगारी सम्झनु पर्छ । (३) “समयगत रोजगारी भन्नाले रोजगारदाताले श्रमिकलाई निश्चित समयावधि तोकी सो अवधिभित्र कुनै सेवा प्रदान गर्न वा काम सम्पन्न गर्ने गरी दिने वा दिएको रोजगारी सम्झनु पर्छ ।
(४) आकस्मिक रोजगारी भन्नाले रोजगारदाताले श्रमिकलाई एक महिनाको अवधिमा सात दिन वा सोभन्दा कम अवधिको लागि कुनै सेवा प्रदान गर्न वा काम सम्पन्न
गर्ने गरी दिने वा दिएको रोजगारी सम्झनु पर्छ । (५) “आंशिक रोजगारी” भन्नाले हप्तामा पैंतीस घण्टा वा सोभन्दा कम समयमा काम सम्पन्न गर्ने गरी दिने वा दिएको रोजगारी सम्झनु पर्छ ।
(२) कुनै रोजगारी नियमित हो वा होइन भन्ने प्रश्न उठेमा रोजगार सम्झौतामा जुनसुक कुरा उल्लेख गरिएको भए तापनि कामको प्रकृतिको आधारमा तोकिए बमोजिम निर्धारण गरिनेछ ।
रोजगार सम्झौता नगरी काममा लगाउन नहुने :
(१) रोजगारदाताले रोजगार सम्झौता नगरी कसैलाई काममा लगाउन हुँदैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आकस्मिक रोजगारीको लागि लिखितरूपमा रोजगार सम्झौता गर्न आवश्यक पर्ने छैन ।
(३) उपदफा (१) बमोजिम रोजगार सम्झौता गर्दा त्यस्तो सम्झौतामा श्रमिकले पाउने
पारिश्रमिक, सुविधा, रोजगारीको शर्त तथा तोकिए बमोजिमको अन्य कुराहरू समेत उल्लेख गर्नु पर्नेछ ।
रोजगार सम्बन्ध स्थापना हुने:
(१) रोजगारदाताले श्रमिकसँग रोजगार सम्झौता गरेमा वा मौखिक रूपमा श्रमिकलाई रोजगारी दिएमा वा आकस्मिक रोजगारीको हकमा श्रमिक काममा लागेको वा निजले सेवा प्रदान गरेको मिति वा समयदेखि रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध स्थापना हुनेछ ।
(२) रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध स्थापना भएको छ वा छैन भन्ने सम्बन्धमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरूपण कार्यालयले गर्नेछ । (३) यस ऐन बमोजिम विभाग वा श्रम अदालत समक्ष विचाराधीन कुनै विषयमा उपदफा (२) बमोजिमको विवाद समेत समावेश भए विभाग वा अदालतले त्यस्तो विवादकोसमेत निरूपण गर्नेछ । (४) उपदफा (२) को प्रयोजनको लागि कार्यालयले रोजगारदातालाई निजसँग रहने रोजगारसँग सम्बन्धित कुनै प्रमाण वा अभिलेख पेश गर्न आदेश दिन सक्नेछर त्यस्तो आदेश बमोजिम रोजगारदाताले प्रमाण वा अभिलेख पेश नगरेमा रोजगारदाता र श्रमिकबीच रोजगार सम्बन्ध स्थापना भएको मानिनेछ ।
१३. परीक्षणकाल सम्बन्धी व्यवस्था:
रोजगारदाताले श्रमिकसँग रोजगार सम्झौता गर्दा निजलाई छ महिना परीक्षणकालमा रहने गरी गर्न सक्नेछ र परीक्षणकालमा श्रमिकको काम सन्तोषजनक नदेखिएमा त्यस्तो श्रमिकसँगको रोजगार सम्झौता अन्त्य गर्न सक्नेछ । त्यसरी रोजगार सम्झौता अन्त्य नभएको श्रमिकको परीक्षणकाल समाप्त भएपछि रोजगार सम्बन्ध स्वतः सदर भएको मानिनेछ ।नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम संवत् २०८० साउन १ गते देखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिक र चिया बगानका श्रमिकका लागि देहाय बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गरेकोले सोही दफाको उपदफा (३) को प्रयोजनको लागि चिया बगान बाहेकका श्रमिकको हकमा:-
न्यूनतम पारिश्रमिक प्रतिघण्टा ८९/
दैनिक आधारभूत पारिश्रमिक ६६८
मासिक तलब १०,८२०।-महङ्गी भत्ता रू. ६,४८०। जम्मा = १७,३००।-
आंशिक समय मात्र काम गर्ने कामदारको प्रति घण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैया कायम गरिएको छ।

(लेखक बुटवल उद्याेग वाणिज्य संघ रूपन्देहीका महासचिव हुनुहुन्छ ।)