उद्योग व्यापार संघ बुटवलमा सर्वसम्मत नेतृत्व चयन

1.3K

उद्योग व्यापार संघ बुटवलमा सर्वसम्मत नेतृत्व चयन

उद्योग व्यापार संघ बुटवलको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ । अधिवेशनले लोकनाथ पन्थीलाई अध्यक्ष पदमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा पदम जी.सी., उद्योग उपाध्यक्षमा केशव श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी र महिला उपाध्यक्षमा माया पाण्डे रहनु भएकाे छ ।
यसैगरी महासचिवमा विजय आचार्य, कोषाध्यक्षमा दिलिप शर्मा, सचिवमा सौरभ भुसाल तथा सह–कोषाध्यक्षमा बिनोद आचार्यलाई चयन गरिएकाे छ । कार्यसमिति सदस्यहरू समेत सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
साधारणसभा तथा अधिवेशनमा बोल्ने वक्ताहरूले उद्योग–व्यवसायीहरूको हकहित संरक्षण, निजी क्षेत्रको सशक्तिकरण र बुटवल क्षेत्रको आर्थिक विकासमा संघको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष पन्थीले सबै व्यवसायीको साझा आवाजका रूपमा संघलाई अघि बढाउँदै सहकार्य, एकता र व्यावसायिक वातावरण सुधारमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।