बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

1.3K

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा सजाय भोग्न बाँकी रहेका दुई जना फरार प्रतिवादीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसला बमोजिम बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना सजाय सुनाइए पनि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–१० निवासी भक्तबहादुर पछार्ई रहेका छन् । उनलाई बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । त्यसैगरी, काठमाण्डौं टोखा नगरपालिका–७ (हाल धापासी) निवासी उमेश अधिकारीलाई बैंकिङ कसुर मुद्दामा १ करोड ४७ लाख ३० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद तथा जरिवाना भुक्तानीका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।