जुनकिरी टोल विकास संस्थामा १३ सदस्यीय महिला संघ गठन

1.3K

जुनकिरी टोल विकास संस्थामा १३ सदस्यीय महिला संघ गठन

जुनकिरी टोल विकास संस्थामा १३ सदस्यीय महिला संघ गठन गरिएको छ । सोमबार सम्पन्न भेलाबाट सर्वसम्मत रूपमा नयाँ महिला कार्यसमिति चयन गरिएको हो ।
नव–निर्वाचित कार्यसमितिको अध्यक्षमा सिमा तिमिल्सिना चयन भएकी छन् । यस्तै, उपाध्यक्षमा शोभा ज्ञवाली, सचिवमा राधिका भट्टराई, कोषाध्यक्षमा निर्मला खनाल तथा सह–सचिवमा राधा गैरे चयन गरिएको छ ।
कार्यसमिति सदस्यहरूमा लक्ष्मी पुन, पार्वती पौडेल, प्रमिला भट्टराई, दिना भण्डारी, लता अर्याल, लक्ष्मी तिवारी, देवी खत्री र शान्ति भट्टराई रहुनभएको छ । नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । महिला सशक्तीकरण, सामुदायिक विकास र सामाजिक एकताका लागि सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।