काँग्रेस विवाद समाधान : विशेष महाधिवेशन पक्षधरलाई आयोगले दियाे मान्यता

1.3K

काँग्रेस विवाद समाधान : विशेष महाधिवेशन पक्षधरलाई आयोगले दियाे मान्यता

निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई औपचारिक रूपमा मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर गर्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
आयोगको यो निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरू वैधानिक रूपमा मान्य भएका छन् । विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भनी शेरबहादुर देउवा समूहले गरेको दाबी स्वतः अस्वीकृत भएको छ ।
अब पार्टीभित्र प्रत्यक्ष मनोनयनदेखि अन्य सबै निर्णय तथा काम–कारबाही गगन थापा–विश्वप्रकाश शर्मा समूहको नेतृत्वमा भएको विशेष महाधिवेशन पक्षकै आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति स्वतः अमान्य भएको आयोगको निर्णयले स्पष्ट पारेको छ ।
यद्यपि निर्वाचन आयोगको यो निर्णयप्रति असन्तुष्ट पक्षका लागि सर्वोच्च अदालत जाने कानुनी बाटो भने खुला रहेको छ ।