यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि कडाइका साथ पालना गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आयोगले प्रेस विज्ञप्ति जारी गर्दै मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न अनुगमन अधिकृतहरूलाई सचेत गराएको जनाएको छ ।
प्रचारप्रसार निषेध अवधिमा सभा–जुलुस, होहल्ला, सामाजिक सञ्जालमार्फत प्रचार तथा आचारसंहिता विपरीतका गतिविधि नगर्न, नगराउन आयोगले आग्रह गरेको छ । उल्लंघन भए कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।