सहकारीकाे बेथिति छानबिन गर्न जाँचबुझ आयोग गठन

1.3K

सहकारीकाे बेथिति छानबिन गर्न जाँचबुझ आयोग गठन

सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा ‘सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२’ गठन गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहकारी क्षेत्रमा देखिएका अनियमितता, दुरुपयोग र बेथिति छानबिन गरी आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी आयोगलाई दिइएको जानकारी दिनुभयाे ।
यसैबीच मन्त्रिपरिषद् बैठकले नेपालमा मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधा (जि.इ.एफ.) मार्फत विश्व वन्यजन्तु कोषबाट प्राप्त हुने ३६ लाख २१ हजार ९८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को उपाध्यक्ष पदमा रौतहटका महोम्मद सफीउल्लाहलाई नियुक्त गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता खरेलले बताउनु भयाे ।