नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन नयाँ मितिमा गर्ने निर्णय गरिएको छ ।
महासंघकाे यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारण सभा तथा निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।
शुक्रबार बसेको महासंघको पदाधिकारी समितिको बैठकले उक्त कार्यक्रम आगामी वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, सोही बैठकले कार्यकारिणी समितिको बैठक वैशाख १ गते बस्ने निर्णय समेत गरेको महासंघले जनाएको छ ।