बुटवलका उद्योगी/व्यवसायी उज्ज्वलप्रसाद कसजु नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा चुनावी मैदानमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० गते काठमाण्डौंमा हुने ६०औं साधारण सभा तथा निर्वाचनमा जिल्ला नगर उद्योग वाणिज्य संघ समुहको खुल्ला तर्फबाट कार्यकारिणी समितिको सदस्यमा उम्मेद्वारी दिएका हुन् ।
उद्योगी, व्यवसायीहरुको हकहित, संरक्षण तथा निजी क्षेत्रको ससक्त आवाजका लागि चुनावी मैदानमा उत्रिएका कसजू यस अगाडि समेत कार्यकारिणी समितिको सदस्य थिए ।
बुटवलका स्थापित उद्योगी कसजू महासंघको पदाधिकारीमा जान चाहन्छन् । तर महासंघको विधानमा पदाधिकारी हुनका लागि कम्तिमा २ कार्यकाल कार्यकारिणी समितिको सदस्य हुनुपर्ने प्रावधान छ । पदाधिकारी हुने महासंघको वैधानिक प्रावधानका कारण पुनः कार्यकारिणी समितिको सदस्यमा उम्मेद्वारी दिएको बताए ।
बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका उम्मेद्वार कसजू महासंघको मौजुदा समितिमा कार्यकारिणी सदस्य छन् । अहिले जिल्ला नगर उद्योग वाणिज्य संघहरुमा भेटघाटमा रहेको र चुनावी माहोल राम्रो बनेको बताए ।
सिद्धिविनायक ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष समेत रहेका कसजूको त्यसबाहेक थुप्रै औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा प्रत्यक्ष सहभागिता रहेको छ । उनले निजी क्षेत्रमैत्री नीति, लगानी प्रवद्र्धन, उद्योग व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमीहरूको समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताए ।