बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नयाँ कार्यसमिति चयन गरिएकाे छ । संस्थाकाे शनिबार सम्पन्न १९औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट नारायणप्रसाद खनालकाे अध्यक्षतामा नया कार्यसमिति चयन गरिएकाे हाे ।
नवनिर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा शर्मिला बास्ताेला ढकाल, सचिवमा बाबुराम ज्ञवाली र काेषाध्यक्षमा प्रज्ज्वल अर्याललाई चयन गरिएकाे छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा देवराज खनाल, बिक्रमबिर श्रेष्ठ, चाेलाप्रसाद पाठक, युवराज पराजुली र रुपा खत्री पराजुलीलाई चयन गरिएकाे निर्वाचन समितिका संयाेजक तथा पूर्व अध्यक्ष सुशील नेपालले जानकारी दिए ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिकाे संयाेजकमा केशवराज न्याैपाने तथा सदस्यमा सुमन नेपाल र नरेश सिग्देललाई चयन गरिएकाे छ ।
साधारण सभामा बाेल्दै संस्थाका पूर्वअध्यक्ष दीपक चापागाईंले २०६४ सालमा ५० जना सदस्यबाट २ लाख ५० हजार रुपैयाँ शेयर पूँजी संकलन गरी स्थापना भएको सहकारीले बचत तथा ऋण कारोबारसँगै सदस्य लक्षित सीपमूलक र सामाजिक गतिविधिलाई पनि प्राथमिकता दिँदै आएकोमा खुसी व्यक्त गरे ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढाकाराम न्यौपानेले संस्थाको कुल पूँजी ९ करोड ७० लाख रुपैयाँ पुगेको जानकारी दिए । संस्थामा हाल ५०३ जना शेयर सदस्य आबद्ध छन् । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको कुल पूँजी ९ करोड ७० लाख ७ हजार २८१ रुपैयाँ रहेको छ । संस्थाले ४ करोड २७ लाख ८४ हजार ४११ रुपैयाँ ऋण लगानी गरेको छ । उनले महिला सदस्यका लागि अचार बनाउने तालिम, कौसी खेतीसम्बन्धी प्रशिक्षण, उन्नत बीउबिजन तथा प्राङ्गारिक मल वितरणलगायत कार्यक्रम सञ्चालन गरेको छ । साथै, बाढी प्रभावित नागरिकको सहयोगार्थ सरकारी राहत कोषमा ५१ हजार १११ रुपैयाँ प्रदान गरेको छ ।
सदस्यलाई सहज सेवा दिने उद्देश्यले क्यूआरमार्फत बचत जम्मा तथा भुक्तानीको व्यवस्था मिलाइएको संस्थाले जनाएको छ । ऋण लगानीलाई सुरक्षित र व्यवस्थित बनाउन ऋण बीमा कार्यक्रमसमेत कार्यान्वयनमा ल्याइएको छ ।
त्यसअवसरमा काेषाध्यक्ष बाबुराम ज्ञवालीले वार्षिक आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयाेजक नारायणप्रसाद खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसअवसरमा संस्थाका पूर्वअध्यक्षहरु सुशील नेपाल, देवीप्रसाद भुसाल, नामदेव पाण्डे, शेयर सदस्य उषा नेपाल, भुवनेश्वर पाैडेल, संस्थाका उपाध्यक्ष केशवराज न्याैपाने, शर्मिला बास्ताेला लगायतले शुभकामना व्यक्त गरेका थिए ।