सर्भरमा समस्या आएपछि यातायातको सबै सेवा बन्द हुँदै

1.3K

सर्भरमा समस्या आएपछि यातायातको सबै सेवा बन्द हुँदै

यातायात व्यवस्था विभागको सर्भरमा विद्युतीय समस्या आएपछि विभागबाट हुने सबै काम बुधबार साँझ ५ बजेदेखि बन्द हुने भएको छ ।
विभागले एक सूचना जारी गर्दै सर्भरमा समस्या आएकाले सबै सेवा बन्द हुने जानकारी दिएको हो ।
यो समस्या समाधान कहिलेसम्म हुनेछ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । सर्भर समस्या सामाधान नभएसम्म विभाग अन्तर्गतका सम्पूणर् यातायात कार्यालयबाट दिइने सबै सेवा अवरुद्ध हुने विभागले जनाएको छ ।