बुटवलको सबैभन्दा अग्लो व्यवसायिक भवनमा ‘होटल पाम र क्यूवक्स सिनेमा’

1.3K

बुटवलको सबैभन्दा अग्लो व्यवसायिक भवनमा ‘होटल पाम र क्यूवक्स सिनेमा’

बुटवलको मिलनचोकमा बुटवलमै पहिलो दश तले व्यवसायिक भवनमा ‘बुटवल सिटी सेन्टर’ सञ्चालनमा आएको छ । उक्त सिटि सेन्टरमा सञ्चालन गरिएका स्तरीय ‘होलल पार्म ईन्टरनेशलन’ र सिनेमा हल (क्यूवक्स थिएटर)को भोली बिहिबार औपचारिक उद्घाटन गरिँदै छ ।
पूर्वपश्चिम र उत्तरदक्षिणको संगम बुटवलमा आर्थिक कृयाकलापको लागि प्रचुर सम्भावना देखिएकोले ‘बुटवल सिटी सेन्टर’ नाममा बहुउद्देश्यीय भवन निर्माण गरिएको होटल पाम ईन्टरनेशलन र बुटवल सिटी सेन्टर प्रालिका अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले जानकारी गराउनु भयो ।

त्यस विषयमा जानकारी गराउन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले सिटी सेन्टरमा अन्तर्राष्ट्रिय सुविधा सहितको होटल सञ्चालन गरिएको जानकारी गराउनु भयो । उक्त होटलमा स्वीट र मिनी स्वीट गरी ४२ वटा वातानुकुलित, आरामदायी कोठा छन् । त्यस्तै ३ सय जना क्षमताको सेमिनार हल, मल्टी कुजिन रेष्टुरेन्ट, नवौं तलामा द लाउन्ज बार (रेष्ुटरेन्ट)बाट सेवा प्रदान गरिनेछ ।
त्यस्तै २ वटा क्यूवक्स सिनेमा हल राखिएको छ । एउटा हलमा १९६ वटा सिट छन् । अत्याधुनिक प्रविधियुक्त उक्त सिनेमा हलमा थ्रीडी डिभाईसमा समेत फिल्म हेर्न सकिनेछ । उक्त हलको पनि भोली विहिबार नै औपचारिक शुभारम्भको तयारी गरिएको छ । त्यस्तै युरोपमा प्रयोगमा रहेको उत्कृष्ट पल्ज साउण्ड सिष्टम जडान गरिएको छ ।
६५ करोडको लगानीमा सिनेमा हल, स्तरीय होटल र बैंकसहित सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने गरी व्यवसायिक भवन बुटवल सिटी सेन्टर सञ्चालनमा ल्याएको हो । यो दश तले भवन बुटवलको सबैभन्दा अग्लो भवन हो । अध्यक्ष श्रेष्ठका अनुसार क्यासिनो, स्पा, स्वीमिङ पुल सहितका अन्य सुविधा समेत थप गरिएपछि लगानी एक अर्वभन्दा बढी पुग्नेछ ।
क्यू बक्स सिनेमा प्रालिका अध्यक्ष धनबहादुर खत्रीले बिहीवारदेखि सिनेमा हल पूर्ण रूपमा सञ्चालनमा आउने बताउनु भयो । उहाँका अनुसार दैनिक ४ शो सञ्चालन हुनेछन् । विहानी शोमा ५० प्रतिशत छुटको व्यवस्था छ भने अनलाईन टिकेटिङको पनि व्यवस्था गरिएको छ ।