छोरी सहित श्रीमति सम्पर्कविहिन भएपछि खोजी गरिदिन श्रीमान गणेशको अपिल

1.3K

छोरी सहित श्रीमति सम्पर्कविहिन भएपछि खोजी गरिदिन श्रीमान गणेशको अपिल

रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं. ५ सितलपाटीका गणेश बिकले आफ्नी श्रीमति २४ वर्षीया वबिता, ५ वर्षीया छोरी दीपिका सहित सम्पर्क विहिन भएपछि खोजी गरिदिन अपिल गर्नुभएको छ ।
हिजो आईतबार परासीदेखि घर आउँदैछु, बुटवल आईपुगे भनेकी श्रीमति घर नगई हराएको भन्दै खोजी गरिदिन श्रीमान गणेशले आग्रह गर्नुभएको हो । गणेशका मामाको यहि चैतको ८ गते हुने विवाहको लागि वबिता १ गते नै परासी जानु भएको थियो । विहेमा भाई सहित आफू पनि ८ गते परासी गएको र विहे सकिएपछि गणेश भाईलाई लिएर १२ गते घर (सुद्धोधन) फर्किनुभएको थियो ।
संगै घर जानको लागि श्रीमति वबितालाई आफूले आग्रह गर्दा विहे घरमा अझैपनि काम हरेको र काम सकिएपछि फर्किने बताएपछि गणेश १२ गते भाईलाई लिएर घर फर्किनु भएको थियो । गणेशका अनुसार श्रीमति वबिता र छोरी दीपिका पनि त्यसै दिन नै परासीबाट हिडेछन् । ‘मैले साँझ ६ बजेतिर घर पुगेपछि फोन गर्दा –हामी बुटवल आईपुग्यौं, भने ।’
त्यतिवेला फोनमा गणेशले चाडो गरेर घर आउन भन्दा वबिताले आफू साथीकोमा भएको र अव घरमा नआउने जस्तो संकेत गर्नुभएको थियो । गणेशका अनुसार त्यसयता वबिताको फोनमा सम्पर्क हुन सकिरहेको छैन ।
विवाहमा आफूले गरगहना लगाउन नपाएको भन्दै वबिताले श्रीमान गणेशसंग गुनासो गर्नुभएको थियो । त्यस विषयमा सामान्य विवाद जस्तो पनि भएको थियो । त्यस्तै ८ गतेको विवाहको लागि ६÷७ गतेतिर संगै जानको लागि गणेशले आग्रह गर्दा पनि वबिता रिसाउनु भएको थियो । ‘रिसाउन भन्दा किन हो भनेर मैले नै पैसा दिएर पठाएको हो ।’
गणेशले श्रीमति वबिता र छोरी दीपिकालाई जहाँ भएपनि चाँडो सम्पर्कमा आउन आग्रह गर्नुभएको छ । त्यस्तै वबितालाई देख्ने जो कोहीले पनि आफूलाई ९८२५४३९५३३ मा सम्पर्क गरि सहयोग गर्न आग्रह गर्नुभएको छ ।