लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा माग

1.3K

लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा माग

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको नेकपा एमालेले राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा ७ अर्वको भवन ठेक्कामा सेटिङ् मिलाएको भन्दै तत्काल राजीनामा मागरेको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री केसीले राजीनामा दिनुपर्ने बताएको हो । लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा स्वयं मुख्यमन्त्री सेटिङमा सहभागी भई सरकारलाई डेढ अर्ब नोक्सान पुयाउन संलग्न भएको भन्दै एमालले मुख्यमन्त्री केसीको राजीनामा माग गरेको हो ।
एमालेले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा जुन मापदण्ड तयार गरियो, त्यतीबेला नै सेटिङ भएको प्रष्ट भएको भन्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री केसी नैतिक रुपमा पदमा बसिरहन नमिल्ने बताउनु भयो । सरकारले प्रदेश पूर्वाधार प्राधिकरणका तत्कालिन प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयालाई हटाएर अनन्तराम घिमिरेलाई नियुक्त गरेको थियो । अस्पतालको भवन निर्माणमा भएको सेटिङ् बाहिरिएपछि ठेक्का प्रक्रिया खारेज गर्दै घिमिरेले पनि पदबाट राजीनामा गर्नुभएको छ ।