ट्रकको ठक्करबाट एकको मृत्यु

1.3K

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्व नवलपरासीको गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । ठक्करबाट पहिचान नखुलेको करिब ५२ वर्षीय साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान युपी ९३ बीटी ४७५७ नं. को भारतीय ट्रकले गैँडाकोट-८ स्थित नगरपालिका कार्यालय अगाडि साइकललाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका उनलाई चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैँडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । ठक्कर दिने भारतीय ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।