रुपन्देहीमा एक लाख बढी मतदाता थपिए

1.3K

रुपन्देहीमा एक लाख बढी मतदाता थपिए

रुपन्देही जिल्लामा एक लाख बढी मतदाता थपिएका छन् । जिल्लामा २०७४ सालको निर्वाचनमा ५ लाख २२ हजार ६०२ मतदता थिए । अहिले अध्यावधिक भएर यो संख्या ६ लाख ३२ हजार ३६० पगेको छ । अहिले थपिएको संख्या १ लाख ९ हजार ७५८ हो ।
जिल्लाको कुल मतदाता मध्ये ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला छन् । रुपन्देही जिल्लामा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरि १६ स्थानीय तह छन् । त्यसमध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार बुटवलमा ९० हजार ६५ जना मतदाता छन् । अहिले बुटवलमा १३ हजार ३४५ मतदाता थपिएका हुन् ।
त्यस्तै मर्चवारी गाउँपालिकामा बसैभन्दा कम मतदाता छन् । मर्चवारी गाउँपालिकामा अहिले २२ हजार ७४७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

कुन स्थानीय तहमा कति मतदाता ?
बुटवल उपमहानगरपालिका : ९०,०६५
तिलोत्तमा नगरपालिका : ८५,७४७
सिद्धार्थनगर नगरपालिका : ४४,६५२
देवदह नगरपालिका : ४८,२९१
सैनामैना नगरपालिका : ५१,२२
लुम्बिनी सांस्कृतिक नगरपालिका ः ४३,८९०
ओमसतिया गाउँपालिका : २३,९२९
कंचन गाउँपालिका : २८,९७८
कोटहीमाई गाउँपालिका : २६,२४२
गैडहवा गाउँपालिका : ३०,३५१
मर्चवारी गाउँपालिका : २२,७४७
मायादेवी गाउँपालिका : ३०,४६४
रोहिणी गाउँपालिका : २६,९६९
शुद्धोधन गाउँपालिका : २७,५७८
सम्मरीमाई गाउँपालिका : २३,६८२
सियारी गाउँपालिका : २७,७५३