राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीमा डिजीमा निर्वाचित शेरचनलाई बधाई तथा शुभकामना

1.3K

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीमा डिजीमा निर्वाचित शेरचनलाई बधाई तथा शुभकामना

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले राेटरी वर्ष २०२४/२५ काे लागि डिष्ट्रिक गभर्नरमा निर्वाचित राजेन्द्रमान शेरचनलाई बधाई तथा शुभकामना व्यक्त गरेकाे छ । क्लवकाे बुधबार साँझ बसेकाे दशाैं बाेर्ड बैठकमा सम्पन्न डिष्ट्रिक कन्फ्रेन्सकाे बारेमा समिक्षात्मक छलफल गर्दै डिजी निर्वाचित शेरचनलाई बधाई सहित शुभकामना व्यक्त गरेकाे हाे ।
राेटरीका यहि चैत १, २ र ३ मा झापामा चाैधाैं डिष्ट्रिक कन्फ्रेन सम्पन्न भएकाे थियाे । साेही कन्फ्रेन्सबाट वर्ष २०२४/२५ काे लागि डिजीमा शेरचन निर्वाचित हुनुभएकाे हाे । त्यसैगरी क्लवकाे चार्टरनाईट (स्थापना दिवस) कार्यक्रम अप्रिल ९ (चैत २६) मा गर्ने निर्णय गरिएकाे छ ।
क्लवकाे चार्टरनाईट अप्रिल २ मा भएपनि डिष्ट्रिक कन्फ्रेन्सका कारण पछाडि धकेलिएकाे थियाे । त्यस्तै अप्रिल ८ र ९ मा पाेखरामा हुने प्रेसिडेन्ट ईलेक्ट ट्रेनिङमा प्रसिडेन्ट ईलेक्ट विष्णुप्रसाद भण्डारीलाई पठाउने निर्णय गरिएकाे छ ।
बैठकले आगामी बैशाखमा रुपन्देहीकाे मर्चवार क्षेत्रलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गर्ने पनि निर्णय गरिएकाे छ ।
क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाईकाे अध्यक्षतामा भएकाे बैठकमा निवर्तमान अध्यक्ष गाेपाल ज्ञवाली, पूर्व अध्यक्षहरु बालकृष्ण अर्याल, ओमप्रसाद अर्याल, कृष्ण शर्मा सहित बाेर्डका पदाधिकारीहरुले धारणा तथा सुझावहरु राखेका थिए ।