मोटरसाइकल दुर्घटना हुँदा सैनामैनाका खनालको मृत्यु

1.3K

मोटरसाइकल दुर्घटना हुँदा सैनामैनाका खनालको मृत्यु

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिका-४ ड्राइभर टोलमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।
दुर्घटनाबाट मोटरसाइकल चालक सैनामैना नगरपालिका-३ का ३० वर्षीय कृष्णचन्द्र खनाल गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।