नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा लोकनाथ न्यौपानेलाई अगाडि सारेको छ । शनिबार भएको क्रियाशिल भेलाले वडा अध्यक्षमा न्यौपानेलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको वडा सभपाति तारा ज्ञवालीले बताउनु भयो ।
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेपछि अहिले दलहरुमा चुनावी रौनक बढेको छ । क्रियाशिल भेलामा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले वडाबाटै सर्वसम्मत निर्णय भएर आएपछि टिकट वितरणमा पनि सहज हुने र चुनावी परिणामलाई पनि त्यसले सफल बनाउन मद्धत गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिकी सदस्य वालकुमारी भण्डारी, बुटवल नगर सभापति खेलराज पाण्डेले शुभकामना सहित पार्टीले अगाडि सारेका उम्मेदवारलाई जिताउने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।