मन्त्रीको भाषणले मात्रै आर्थिक संकट हुनबाट रोक्दैन : विष्णु पौडेल

1.3K

मन्त्रीको भाषणले मात्रै आर्थिक संकट हुनबाट रोक्दैन : विष्णु पौडेल

नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद खतिवडामाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेको छ । एमाले प्रचार विभागले आइतवार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारका गलत हस्तक्षेपलाई अस्वीकार गरेका कारण अधिकारीमाथि कारबाही गरिएको आरोप लगाउनुभएको छ ।
उहाँले सरकारको यो गलत निणर्यले अर्थतन्त्रलाई धराशायी बनाउने बताउँदै गभर्नरमाथिको कारवाही व्यक्तिमाथि नभएर प्रणाली भत्काउन गरिएको हस्तक्षेप भएको दाबी गर्नुभयो ।
उहाँले प्रधानमन्त्री वा मन्त्रीको भाषणले मात्रै आर्थिक संकट हुनबाट रोक्न नसकिने पनि बताउनुभयो । देशलाई श्रीलंकाको जस्तो आर्थिक संकटमा पुग्न नदिन सकारात्मक हस्तक्षेप जरुरी रहेको उहाँको भनाई छ । ‘सार्थक हस्तक्षेप गरेनौं भने, श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन,’ पौडेलले भने, ‘मन्त्री वा प्रधानमन्त्रीले दाबी गरेर संकटबाट बाहिर निस्कन सक्दैन ।’